कांग्रेस महाधिवेशन फागुन पहिलो सातामै [परिमार्जित तालिकासहित]



काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले पार्टीको महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले कोभिड–१९ संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय लिएको हो । त्यस्तै प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका भने परिमार्जन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

महाधिवेशनको परिमार्जित तालिका

केन्द्रीय अधिवेशन फागुन ७, ८, ९ र १० गते ।
गाउँ /नगर, वडा अधिवेशन ०७७ पुस ६ गते
गाउँ/नगरपालिका अधिवेशन ०७७ पुस ८ गते
प्रदेशसभा क्षत्रीय अधिवेशन ०७७ पुस ११ गते
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको
जिल्लाका अधिवेशन ०७७ पुस १३
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन ०७७ पुस १६
प्रदेश अधिवेशन माघ ६ गते

प्रतिक्रिया दिनुहोस्