सभामुख अर्यालद्वारा मधेस आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली
वीरगञ्ज,कात्तिक ३० । सभामुख डोलप्रसाद (डिपी) अर्यालले वीरगञ्जस्थित सहिद स्मारकमा मधेस आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै सभामुख अर्यालले सहिदहरूले देखेको समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको सङ्कल्पलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।
यसैगरी, आज बिहान छठ पर्वको अन्तिम दिन सभामुख अर्याल कलैयास्थित रामजानकी छठघाट पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नुभएको छ । उहाँले छठी माताको पूजा–आराधनामा समेत सहभागिता जनाउनुभएको सभामुखको सचिवालयले जनाएको छ ।

