सुन तोलामा १ हजार १०० र चाँदी ८० रुपैयाँ घट्यो
काठमाडौं,कात्तिक ३० । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेर २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ३ हजार ६०० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

