गृहमन्त्रालयको परिपत्र- ‘मास्क नलगाउने र सामाजिक दुरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्नू’



काठमाडौं २३ असार । सरकारले मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरी लगाएर पक्राउ गराउने भएको छ । घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन हो ।

गृहमन्त्रालयका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीले मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरेको जानकारी दिए ।

उनले मानिसहरु बिनाकाममा बाहिर निस्कने, भीडभाड भएर जम्मा हुने मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने देखिएको र संक्रमणको जोखिम बढेकोले कडाई गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्