विभिन्न जिल्लामा थप २०४ जनामा संक्रमण,कुल संक्रमित १६१६१



काठमाडौ, विभिन्न जिल्लामा थप २ सय ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बितेको २४ घन्टामा २ सय ४ जनामा कोरोना भाइरस संक्रमण भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा २ सय ४ जनामा कोरोना संक्रमण भएको जनाएका छन् । मन्त्रालयका अनुसार आजसम्म देशैभर कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६१ पुगेको छ ।

संक्रमितमध्ये ७ हजार ४ सय ९९ जना उपचारपछि घर फर्किएका छन् भने ३५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्