नेपाली काङ्ग्रेस र नेकपाका कार्यकर्ता राप्रपामा प्रवेश गर्नेको लर्को



काठमाडौ,असार २८ । नेपाली काङ्ग्रेस र नेकपाका कार्यकर्ता राप्रपामा प्रवेश गर्नेको लर्को लागेको छ। शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (संयुक्त) का अध्यक्ष राजु लोहनी को प्रमुख अातिथ्यतामा राप्रपा केन्द्रीय कार्यालय चावहिलमा भएको पार्टी प्रवेश कार्यक्रममा युवाहरुको लर्को लागेको हो।

नुवाकोट तथा काठमाडौका विगतमा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा क्रियाशिल युवाहरुले पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका हुन।

उनीहरुले आगामी दिनमा राप्रपा पार्टीको निति तथा सिद्धान्तमा रहने प्रतिबद्धता जनाएका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाइ सम्वोधन गर्दै अध्यक्ष राजु लोहनी ले युवाहरु मुलुक निमार्णको अभिन्न अंग रहेको,हरेक परिवर्तनका संवाहक युवाहरु नै रहेकाले सरकारले गरेको गलत कृयाकलापलाइ औल्याउँने जिम्मेवारी अाफुहरुको काधमा अाएको बताए ।

प्रतिक्रिया दिनुहोस्