पूर्वप्रधानमन्त्री भट्टराई बने हजुर बुबा



काठमाडौ,असार २८ । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई हजुरबुबा बनेका छन् ।

सामाजिक संजाल फेसबुकमा नातिलाई खेलाउँदै गरेको फोटो राख्दै भट्टराईले खुशी व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘बल्ल हजुरबा भैयो ।’

उनकी छोरी एवम् जनता समाजवादी पार्टीकी नेतृ मानुषी र ज्वाइँ जेकेन्द्रलाई आज बिहान पुत्र लाभ भएको हो ।

सुत्केरी छोरीलाई भेट्न पूर्वप्रधानमन्त्री भट्टराई र पूर्वमन्त्री हिसिला यमी काठमाडौंको शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्