काठमाडौंको टोखामा ३ जनामा कोरोना संक्रमण



काठमाडौ,असार २८ । पछिल्लो समय काठमाडौमा समुदायस्तरमै कोरोना फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैक्रममा समुदायस्तरमा थालिएको  कोरोना परीक्षणका क्रममा काठमाडौं टोखाका तीनजनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।

मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एकहप्ता अघिदेखि समुदायस्तरमा कोरोना परीक्षण थालेको थियो ।

त्यसै क्रममा काठमाडौंको टोखास्थित हरियाली बस्तीमा  स्वाब परीक्षण गर्दा तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

विभिन्न ठाउँको स्वाब संकलन गरेर परीक्षणको चरणमा रहेको महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाको कोरोना संक्रमणको स्रोत पत्ता नलागेपछि समुदायस्तरमा परीक्षण थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्