विभिन्न जिल्लामा थप ८२ जनामा कोरोना संक्रमण, कुल संख्या १६ ह्यझँरु ८०१



काठमाडौ,असार २८ । बितेको २४ घन्टामा विभिन्न जिल्लामा ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार पुग्न लागेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका ८२ जनासहित देशैभर संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको जानकारी दिएका छन् ।

संक्रमितमध्ये ८ हजार ५ सय ८९ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्