ऐश्वर्या राय र उनकी सासू जयामा पनि कोरोना संक्रमण



नयाँदिल्ली,असार २८  । बलिउड अभिनेत्री ऐश्वर्या राय पनि कोरोनाभाइरसबाट संक्रमित भएकी छन् । ऐश्वर्यासँगै उनकी सासू जया बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश तोपले जनाएका छन् ।

यसअघि शनिबार नै अमिताभ र अभिषेक दुबैको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरु शनिबार नै अस्पताल भर्ना भइसकेका छन् । 

अमिताभको परिवारमा चार जनालाई कोरोना भेटिएको जानकारी सार्वजनिक भएपछि उच्च अधिकारी तथा बलिउडकर्मीहरुले स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्