दाङ हुँदै प्युठान आइपुग्यो ठूलो संख्यामा सलह



साझापथ संवाददाता

प्यूठान,असार २८ ।  प्यूठानमा फेरि पनि ठूलो संख्यामा सलह किराको हुल आइपुगेको छ । हाल आकाशतिर उडिरहेका सलह दाङ हुँदै प्यूठान भित्रीएका हुन ।

प्युठानस्थित सरुमारानी गाउँपालिकामा ठूलो संख्यामा सलह किरा देखिएको छ । दिउँसो  साढे ३ बजेदेखि दाङतिरबाट सलह किरा आएको स्थानिय बताउँछन । गाउँ ढाक्ने गरि सलह किरा आकाशमा उडेको देख्नासाथ खेतबारीमा पुगेर किसानहरूले सलह किरा भगाउन थाल, जर्किन, टिनका भाँडा ठटाउने गरिरहेका छन।

करीव एक साता अघि आएको सलहले जिल्लाको ४ सय ३१ हेक्टर कृषी बालीमा क्षति पुर्याएको थियो। केहि समय वर्षात भएपछि सलह किराहरु देखिएका थिएन्न।

आज पुनः प्यूठानमा सलह भित्रिएपछि कृषि बाली सखाप पार्ने भन्दै किसान चिन्तित बनेका छन् । तर सलहको हुलले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्