विपदमा ज्यान गुमाउनेको परिवारलाई वाग्मती प्रदेश सरकारले एक लाख दिने



साझापथ संवाददाता

हेटौँडा,असार २८ । वाग्मती प्रदेशभित्र बाढी पहिरो जस्ता  प्राकृतिक विपदमा ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाॅ राहत दिने निर्णय गरेको छ । आइतबार वाग्मती प्रदेश सरकारको हेटौँडामा बसेको मन्त्रीपरिषद बैठकले प्राकृतिक विपत्ती सुरु भएसँगै यसप्रकारको राहातको निर्णय गरेको हो ।

पछिल्लो समय वर्षातको मौसम सुरुवातसँगै वागमती प्रदेशको सिन्धुपाल्चोक सहित अधिकांश जिल्लाहरुमा जनधनको क्षति भएको बारे बैंठकमा छलफल भएको थियो। वर्षातको सुरुवातपछि पछिल्लो समयसम्म बागमती प्रदेशभर २५ जनाले प्राकृतिक प्रकोपमा परी ज्यान गुमाईसकेका छन् । ति ज्यान गुमाएका परिवारलाई तत्कालै उक्त राहत रकम उपलब्ध गराउने सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवंम योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताए ।

उनले विपद् व्यवस्थापन समन्वय समितिलाई सक्रिय तुल्याउन प्रदेश सरकारले आवश्यक स्रोत साधनको व्यवस्था गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्