रविन्द्र मिश्र नेतृत्वको साझाका आचार्य र खनालले छोडे पार्टी



साझा पथ संवाददाता

काठमाडौं २९ असार । साझा पार्टीका केन्द्रीय सदस्यहरु सूर्यराज आचार्य र मुमाराम खनाल पार्टी परित्याग गरेका भएका छन् । पार्टी निर्माण प्रक्रियाबारे सहमति जुट्न नसकेपछि उनीहरु अलग भएका हुन् ।

पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको सबै जिम्मेवारी त्याग गर्ने आचार्यको प्रस्ताव र खनालले केन्द्रीय सदस्यबाट दिएको राजीनामा स्वीकृत गरेको सहप्रवक्ता शरदराज पाठकले जानकारी दिए । बैठकले अहिलेसम्मको योगदानका लागि आचार्य र खनाललाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्