कोरोना संक्रमणमुक्त हुनेको संख्या हालसम्मकै उच्च, २४ घन्टामा १ हजार ७०५



काठमाडौं २९ असार । नेपालमा पछिल्लो २४ घन्टामा कोभिड–१९ बाट संक्रमणमुक्त भई घर फर्किनेको संख्या १ हजार ७०५ रहेको छ । निको हुनेको संख्या नेपालमा कोभिड–१९ संक्रमण देखिए यताकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको बताए । कूल कोरोना सङ्क्रमितमध्ये ६० दशमलव सात प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा थप १४४ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । विभिन्न २५ प्रयोगशालामा गरिएका पाँच हजार ८५६ नमूना परीक्षणमा ८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै कोरोना सङ्क्रमितको कूल संख्या १६ हजार ९४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्