अयोध्याबारे प्रधानमन्त्री ओलीको अभिव्यक्ति विवादमा, भारतीय सत्तारुढ पार्टी बीजेपीको आपत्ति



काठमाडौं ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा रहेको र राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्तिप्रति आपत्ति जनाइएको छ ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) ले ओलीको अभिव्यक्तिलाई ‘राजनीतिक विवाद उक्साउने’ भन्दै भारतलाई ‘चोट पुर्‍याउने आश्चर्यजनक कदम’ भएको बताएको भारतीय सञ्‍चारमाध्यम टाइम्स अफ इन्‍डियाले जनाएका छन् । भारतीय सत्तारुढ दल बीजेपीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले ओलीको भनाइको निन्दा गरेका हुन् ।

अन्य विभिन्‍न भारतीय सञ्‍चारमाध्यमहरुले विभिन्‍न राजनीतिज्ञ र नेपाल-भारत सम्बन्ध मामिलमाका जानकार, धर्मसम्बन्धी जानकारहरुले समेत प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आलोचना र निन्दा गरेका छन् ।

सोमबार भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘नेपाल सांस्कृतिक रूपमा थिचिएको र तथ्यहरूमा अतिक्रमण भएको’ बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्