बितेको २४ घन्टामा ११६ संक्रमित थपिए,कुल संख्या १७ हजार ६१



काठमाडौ,असार ३०। कोरोना भाइरसबाट संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ सय १६ जनामा कोरोना संक्रमण भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थप १ सय १६ जनामा कोरोना भएसँगै संक्रमितको संख्या देशैभर १७ हजार ६१ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १० हजार ३ सय ६१ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्