झोरका युवाले गरे खाजा खर्च कटाएर सडक मर्मत (भिडियो)



युवाहरू खाजा खर्च कटाएर जम्मा गरेको रकमबाट गिट्टी बालुवा ओसार्दै

साझापथ संवाददाता

काठमाडौ,असार ३० । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरका युवाले आफ्नो खाजा खर्च कटाएर पैसा जम्मा गर्दै सडक मर्मतमा खर्चिएका छन् ।स्थानीय युवा सन्जय महर्जनको अगुवाईमा झोरको सिमा चौरदेखि बौडेश्वर महादेव मन्दिर जाने बाटो मर्मतमा उनीहरु स्वत स्फुर्त लागिपरेका हुन।

नगर  क्षेत्रको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र बौडेश्वर मन्दिर झरना जाने बाटो मर्मतमा स्थानीय सरकारले उपेक्षा गरेको युवा सन्जय महर्जन बताउँछन।’हामीले पटकपटक वडा कार्यालयलाई अनुरोध गर्यौ तर वडाले हाम्रो कुरा प्राथमिकतामा पारेन’-अगुवा युवा सन्जय महर्जनले साझापथसंग दुखेसो पोखे।

झोरको सिमा चौरबाट झरना तथा बौडेश्वर मन्दिर पुग्ने उक्त बाटो सजिलो र छोटो दुरीको बाटोको रुपमा लिइन्छ ।पछिल्लो समय मन्दिर परिसर नजिकै टोखा नगरको झण्डै ३ करोड बजेटमा बाल उद्द्यान समेत निर्माणाधीन अवस्थामा रहेको छ।

अगुवा युवा संजय महर्जनका साथ स्थानीय युवाहरू सडकमा

पर्यटकीय तथा धार्मिक तवरले पनि यस बाटोलाई नगरले उच्च प्राथमिकताका साथ तत्काल बजेटको व्यवस्थापन हुनुपर्ने स्थानीयको माग रहदै आएको छ।

यता टोखा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले वडा क्षेत्रमा छरिएर रहेका भित्रि सडक स्तरोन्नतिका लागि बजेट तथा स्थानीयसंग समन्वय भैरहेको बताउनुभयो ।

दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य थलो झोरको झरना

यस समाचार सम्बन्धि भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्