खुल्यो पाल्पा-बुटवल सडक



साझापथ संवाददाता

पाल्पा,असार ३१ । पाल्पा – बुटवल सडकखण्ड तीन दिनपछि खुलेको छ ।

सिद्धार्थ राजमार्गमा पर्ने सडकखण्डको तिनाउँ, सिद्धबाबा, डुम्रेलगायतका ठाउँमा खसेको ढुङ्गासहितको पहिरो हटाएपछि बुधबार दिउँसो साढे १ बजेदेखि बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पहिरो खसेपछि तीन दिनसम्म बाटो बन्द भएपछि दर्जनौँ सवारी साधन अलपत्र परेका थिए । यात्रुहरु पहिरो छल्दै घण्टौ जङ्गलको बाटो हिँडेर समेत गन्तव्यमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्