विभिन्‍न जिल्लामा थप ११६ मा कोरोना संक्रमण, कुल संख्या १७ हजार १७७



काठमाडौं, ३१ असार । विभिन्न जिल्लामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ सय १६ जनामा कोरोना संक्रमण देखिएको र एकजनाको ज्यान गएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ सय १६ जना संक्रमितसहित देशभर संक्रममितको संख्या १७ हजार १ सय ७७ पुगेको छ ।

कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ । दुई अंकमा झरेको संख्या हिजोदेखि फेरि तीन अंकमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्