मेलम्चीमा बेपत्ता इन्जिनियरको शव भेटियो



मेलम्ची,साउन १ । गत मंगलबार मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव फेला परेको छ । सुरुङ परीक्षणका क्रममा सुरुङको १७ नम्बर गेट फुट्दा मंगलबार दिउँसो दुई जना बेपत्ता भएका थिए।

बेपत्ता दुईमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनियर सतिश गोहितको शव बुधबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका-११ स्थित पाल्चोकी क्रसर नजिकै फेला परेको हो।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङका अनुसार अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्