नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो



काठमाण्डौं,साउन १ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।बुधबार रौतहटका एक पुरुषको मृत्यु भएसंगै नेपालमा कोरोनाकै कारण कुल मृत्यु हुनेको संख्या ३९ पुगेको हो।

बुधबार दिउँसो साढे २ बजे रौतहटका ३६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। ती पुरुष असार २४ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए। उनलाई ज्वरो आएपछि असार २९ गते अस्पताल भर्ना गरिएको थियो।

उनलाई असार ३० गते कोरोना पुष्टि भएको थियो। नारायणी अस्पतालको आइसीयूमा उनको बुधबार निधन भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्