भोटेकोसीले फेरि २ घर बगायो,५ बेपत्ता



साझापथ संवाददाता

ताताेपानी,साउन १। गए राती अविरल बर्षासंगै गएको पहिराेमा परी सिन्धुपाल्चोकको भोटेकोसी गाउपालिका ४ फुल्पिङकट्टिको माथिल्लो भेगमा दुई घर बगेको छ, भने ५ जना बेपत्ता भएका छन ।

बुधबार राती गएको पहिरोले घर बगाएको भोटेकोसी गाउपालिकाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर रामचन्द्र घिमिरेका अनुसार २ घरका ५ बेपत्ता भएका हुन् ।

प्रहरी घटनास्थल पुग्न सकेकाे छैन । अबिरल बर्षाले भाेटेकाेसीमा डेढ मिलिमिटर नदिकाे सतह बढेकाे थियाेे ।

प्रतिक्रिया दिनुहोस्