थप १६७ जनामा कोरोना संक्रमण,कुल संक्रमितको संख्या १७३४४



काठमाडौ,साउन १ । बिहीबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यससँगै कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका २७ वटा प्रयोगशालामा चार हजार ९ सय ८१ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

देशका बिहीबारसम्म विभिन्न क्वारेन्टाइनहरुमा २३ हजार ५ सय जना रहेका छन् । आइसोलेसनमा ६ हजार ५६ जना रहेको प्रवक्ता गौतमले जनकारी दिए ।

पछिल्लो २४ घण्टामा २ सय १३ जनाले कोरोना जितेका छन् । जसअनुसार संक्रमणमुक्त हुनेको संख्या ११ हजार २ सय ४९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्