खोलामा डुबेर विभिन्न ठाउँमा तीनजनाको मृत्यु



काठमाडौ,साउन १ । नेपालक विभिन्न स्थानमा खोलामा डुबेर तीनजनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान पौडी खेल्ने क्रममा रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ ओख्रेनास्थित गुप्तदहमा डुबेर सोही ठाउँ बस्ने १९ वर्षीय लजिम बुढाको मृत्यु भएको छ।

त्यस्तै झापाको अर्जुनधारा नगरपालिका–११ तीनपैनेका प्रबिन मुर्मुको तीन वर्षीय छोरा ऋषिको बिहीबार बिहान घर नजिकै रहेको हिले खोलामा डुबेर मृत्यु भएको छ ।

यस्तै महोत्तरीको बलवा नगरपालिका–१ बन्चौरीस्थित रातु खोलामा डुबेर सोही ठाउँका राजकिशोर मण्डलकी पाँच वर्षीया छोरी प्रिती कुमारीको बिहीबार दिउँसो मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्