प्रधानमन्त्री राजीनामाको प्रचण्ड माधवको माग-ओलीद्वारा अस्वीकार



काठमाण्डौं,साउन १ । नेपाल  कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक कलह पुन बढेर गएको छ।केहि दिन यता मत्थर बनेको महसुस गरिएको आन्तरिक विवाद पुनः बल्झिएको हो।

बिहिवारको बालुवाटारमा भएको प्रधानमन्त्री ओली, प्रचण्ड, माधव नेपाल र विष्णु पौडेललगायत विशिष्ट नेताहरु बीच भएको छलफलमा प्रधानमन्त्रीको राजीनामाको माग पुनः उठेको थियो  । प्रचण्ड र माधव नेपालको मागबारे प्रधानमन्त्रीले अस्वीकार गर्दै राजीनामा नदिने अडान पुनः दोहोर्याएसंगै पार्टी भित्रको आन्तरिक कलह बढेको एक नेताले बताए ।

उनले नेकपा भित्र तत्काल विवाद मिल्ने संकेत टरेर गएको टिप्पणी समेत गरे । यद्यपि, भोली हुने स्थायी समितिको बैठक भने नरोक्ने सहमति भएको छ ।

प्रधानमन्त्रीले प्रधानमन्त्रीबाट राजीनामा नदिए के गर्ने भनेर खुमलटार स्थित प्रचण्ड निवासमा शिर्ष नेताहरु बीच  छलफल समेत भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्