नेकपाका प्रचण्ड-माधव समूहको निष्कर्ष- तत्काल केद्रीय समिति बैठक बोलाउनुपर्छ



काठमाडौं १ साउन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले तत्काल केद्रीय समिति बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टीमा देखिएको विवादका विषयमा बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी ओली अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच भएको छलफलमा सहमति नजुटेपछि ओली पक्षले बालुवाटार र प्रचण्ड पक्षले खुमलटारमा आफू निकटका नेताहरुसँग छलफल गरेका थिए ।

खुमलटार छलफलमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार शक्रबार बस्ने स्थायी समितिले केन्द्रीय समिति बैठक बोलाउन र मिति तोक्न दवाव दिने खुमलटारमा भेलाले निष्कर्ष निकालेको छ ।

बालुवाटारबाट प्रचण्ड र नेपाल फर्किएपछि खुमलटारमा सचिवालय सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्टलगायतका नेताहरुबीच करिव ४ घण्टा छलफल भएको थियो । खुमलटार भेलामा सहभागी ती नेताका अनुसार नेतृत्वको दुरदर्शिता नभएकाले पार्टी अनिर्णयको बन्दी बनेको र संकटमा फस्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्