स्थानीय तहहरूमा बढ्दो भ्रष्टाचार : अख्तियार



काठमाडौं २ साउन । स्थानीय तहहरूमा आर्थिक अनुशासनहीनता मात्रै नभई, भ्रष्टाचार पनि बढ्दो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा गरेको अध्ययनले देशभरका स्थानीय तहमा भ्रष्टाचार बढेको निष्कर्ष निकालेको थियो । अख्तियारको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार कुल उजुरीको २६ प्रतिशत हिस्सा स्थानीय तहसँग सम्बन्धित छन् । त्यसपछि शिक्षा क्षेत्रका उजुरी १६ प्रतिशत मात्रै छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको बहाल भएसँग देशव्यापी रूपमा उजुरी बढ्दो क्रममा छ ।

गत पुसको अध्ययनअनुसार सेवाग्राहीमध्ये करिब ५५ प्रतिशतले स्थानीय तहमा नगद भ्रष्टाचार हुने गरेको प्रतिक्रिया दिएका थिए । सर्वेक्षणमा सहभागी १५ प्रतिशतले त स्थानीय तहमा भ्रष्टाचार देखेको मात्रै नभई भोगेका पनि प्रतिक्रिया दिएका थिए । करिब ३ हजार सेवाग्राहीमाथि अख्तियारले सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणमा सहभागी करिब १५ प्रतिशतले स्थानीय तहमा भ्रष्टाचार देखेको मात्रै नभई भोगेको पनि प्रतिक्रिया दिएका थिए । २७ प्रतिशत सहभागीका अनुसार निर्वाचनपछि स्थानीय तहमा भ्रष्टाचार झनै बढेको छ । त्यति नै संख्याले निर्वाचनअघिको पुरानै अवस्था नसुध्रेको बताएका छन् । उनीहरूले दण्डहीनता, राजनीतिक संरक्षण र बढ्दो निर्वाचन खर्चका कारण स्थानीय तहमा भ्रष्टाचार बढेको भनी प्रतिक्रिया दिएका थिए कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्