नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० पुग्यो



धरान २ साउन । नेपालमा कोरोना संक्रणमका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो । पछिल्लो घटनासँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० पुगेको हो ।

प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार वृद्धलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।

मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा बिहीबार नै मृत्यु प्रवक्ता डा सापकोटाले बताए । उनका अनुसार शवलाई प्लास्टिकले बेरेर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्