नुवाकोटमा थप दुईमा कोरोना संक्रमण, कुल संक्रमित ३४ पुग्यो



नुवाकोट,साउन २ । नुवाकोटमा थप दुईमा कोरोना संक्रमण पुष्टि भएको छ।यससंगै नुवाकोटमा कुल संक्रमित ३४ पुगेको छ। शुक्रबार नुवाकोटको तारकेश्वर गाउँपालिकाका थप दुई जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

रााष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा पिसिआर परिक्षणका क्रममा उनीहरुमा कोरोनाको संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार तारकेश्वर गाउँपालिकाका ३१ र ३४ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार नुवाकोटमा हालसम्म २३ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्