पूर्वसांसद गुरुङको निधन



काठमाडौं २ साउन । पूर्वराष्ट्रियसभा सदस्य एवम् नेपाली काँग्रेसका नेता मेजर दीपक गुरुङको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

कास्की जिल्लाको मादी गाउँपालिका–२ ताङतिङ स्थायी बसोबास भएका गुरुङको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भतिजा एवं मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (स्याम) ले जानकारी दिए । मधुमेह, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या भएपछि उनी उपचारत थिए । भूतपूर्व सैनिक सङ्घका संस्थापक अध्यक्षसमेत रहेका नुउनका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

स्वर्गीय गुरुङको पार्थिक शरीरलाई शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्