एकैदिन २८५ जना कोरोना निको भएर घर फर्किए



काठमाडौ, साउन ३ । शुक्रबार एकैदिन २ सय ८५ जनाले कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार  २ सय ८५ जनाले कोरोना जितेर घर फर्किएको जानकारी दिए।

यससँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ११ हजार पाँच सय ३४ पुगेको छ। यो तथ्यांकअनुसार नेपालमा कोरोना जित्नेको संख्या ६६ प्रतिशत माथि पुगेको छ।

यस्तै शुक्रबार नेपालमा १०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । थप १०१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्