लियो क्लब अफ लर्ड बुद्धको पद हस्तान्तरण कार्यक्रम सम्पन्न



साझापथ संवाददाता

देवदह,साउन ३ । रुपन्देहीको देवदहमा लियो क्लब अफ लर्ड बुद्धको चौथो तथा वर्ष २० को पद हस्तान्तरण समारोह सम्पन्न भएको छ ।

बर्ष २०२०/२१ को लागि बैशाख १३ गते निर्वाचनबाट पदाधिकारीहरु सर्वसम्मतले निर्वाचित भएका थिए।सो कार्यक्रममा बर्ष २०१९/२० का अध्यक्ष लियो कमल ज्ञवालीले बर्ष २०२०/२१ को अध्यक्ष लियो सन्दिप तिवारीलाई पद हस्तान्तरण गर्नु भएको हो । कार्यक्रम दुई चरणमा भएको थियो ।

कार्यक्रममा बर्ष १९/२० मा राम्रो काम गर्ने सदस्यलाई सम्मान पनि गरिएको थियो । बर्ष १९/२० को कार्यकालमा राम्रो काम गरेको भन्दै लियो अफ दि एयरको उपाधी किसन पौडेलले , मोस्ट डिसिपिलीन अवार्ड लियो रिचा घिमिरेले पाएकी थिईन भने मोस्ट एक्सिलेन्ट सर्भिस बाट सुरज भट्टराई सम्मानित भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिका उप-प्रमुख बिद्या लक्ष्मी गुरुङले नयाँ समितिलाई शुभकामना दिँदै लियो ले आफ्नो प्रत्येक कार्यक्रम समाजसेवा प्रति समर्पित निकै प्रशंसनीय कार्य गर्ने हुनाले क्लबलाई धन्यवाद पनि दिनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले लियो क्लब अफ लर्ड बुद्धलाई आफू आफ्नो तर्फ बाट र देवदह नगरपालिकाको तर्फ देखि जुनसुकै बेला पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा लायन राजु पौडेल , लायन मुक्ति श्रेष्ठ , देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईं , लियो क्लब को चार्टर प्रेसिडेन्ट लियो दिपेश मल्ल , युनिक्याम्पसका एमडि न्यौपाने, गोपाल पाण्डे , बिजेन्द्र मान शाक्य लगाएतले बोल्दै नवनिर्वाचित पदाधिकारीहरुलाई कार्य सफलताको शुभकामना दिनु भएको थियो ।

वर्ष २०२०/२१ को अध्यक्ष लियो सन्दिप तिवारीले कार्यक्रममा बोल्दै आफनो कार्यकालमा लियोको मर्म अनुरूप कार्यक्रम गर्दै जाने र समाज तथा नगरपालिकामा भएका विकृति तथा बिसंगति जरै बाट हटाउन सक्दो प्रयास गर्ने कुरामा जोड दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्