वाग्मती प्रदेशभर कोरोना संक्रमितको संख्या ८ सय ५१ पुग्यो



काठमाडौ,साउन २ । वाग्मती प्रदेशभर कोरोना संक्रमितको संख्या ८ सय ५१ पुगेको छ ।

शुक्रबार थप ८ जनामा कोरोना संक्रमण पुष्टिसंगै प्रदेशभर संक्रमितको संख्या ८ सय ५१ पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शुक्रबार पुष्टि हुनेहरुमा काठमाण्डौका १ जना,नुवाकोटका २ जना,भक्तपुरका २ जना,सिन्धुलीका १ जना,मकवानपुरका १ जना र काभ्रेका १ जना गरि ८ जना रहेका छन् ।

यसैगरि प्रदेशमा हालसम्म ४१४ जना संक्रमित उपचार पछि कोरोना मुक्त भइ घर फर्किसकेका छन् भने प्रदेशभर ९ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्