दोलखामा बस दुर्घटना, ३ गम्भीर घाइते



साझापथ संवाददाता

दोलखा, साउन ३ । दोलखाको मेलुङ गाउँपालिकामा बस दुर्घटना भएको छ। मेलुङको पवटी भन्ने ठाउँमा भएको बस दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन भने आधा दर्जन यात्रु सामान्य घाइते रहेको  दोलखा प्रहरी निरीक्षक रेशम बोहराले जनाएका छ्न् ।

शनिबार बिहान भएको बा ५ ख ६५९० नम्बरको बस दुर्घटनामा परी गम्भीर घाइते हुनेमा कालिन्चोक गाउँपालिका ९ नम्बर की ५५ वर्षीया धनमाया शिवाकोटी,पवटीकी ३० वर्षीया गोमा लकाई रहेका छन् ।

सो यात्रुबाहाक बस पवटीबाट सदरमुकाम चरिकोटका लागि छुटेको थियो ।

प्रतिक्रिया दिनुहोस्