साहित्यकार ‘लाटो साथी’ को निधन



काठमाडौ,साउन ३ । संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा डा विष्णुराज आत्रेय ‘लाटो साथी’ को निधन भएको छ। आत्रेयको ७४ वर्षको उमेरमा निधन भएको हो ।

क्यान्सर रोगबाट पीडित साहित्यकार लाटो साथी विक्रम संवत २००३ पुस २५ गते कपिलवस्तुमा जन्मिएका थिए । शनिबार आफ्नै निवास बत्तीसपुतलीमा उनको निधन भएको पारिवारिक श्रोत ले जनाएको छ ।

संस्कृत, नेपाली र अवधि भाषामा सशक्त कलम चलाउने डा. आत्रेयका ‘हनुमदयन’ र ‘वैदेही’ महाकाव्य, ‘ढाक्रे’, ‘कपिलवस्तु’ लगायत खण्डकाव्य, ‘हामीभित्रका म’, ‘सोमतीर्थ’, ‘सुपा देउराली’, ‘कपिलधाम’, ‘शान्ताकुञ्ज’, ‘पाणिनी’, उपन्यासलगायत तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

प्रतिक्रिया दिनुहोस्