नेपालमा ५७ जना नयाँ संक्रमित थपिए, १ सय ३ जना कोरोना मुक्त



काठमाडौ,साउन ३। नेपालमा शनिबार ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार कोरोनाका नयाँ ५७ जना संक्रमित थपिएको जानकारी दिइएको हो। यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ५ सय २ जना पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार ३ हजार ३ सय ३१ वटा नमुना पिसिआर विधिबाट परिक्षण गरिएको छ ।

बितेको २४ घण्टामा १ सय ३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कुल संक्रमण मुक्त हुनेको संख्या ११ हजार ६ सय ३७ जना पुगेका छन् ।

यस्तै नेपालभरमा २३ हजार २ सय ७५ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ८ सय २५ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्