नेपालका ६ जिल्ला कोरोना मुक्त



काठमाडौं, साउन ३ । नेपालका ६ जिल्ला कोरोना मुक्त भएको छ ।

कोरोना मुक्त हुने जिल्लामा भोजपुर, पाँचथर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा बताए ।

सो जिल्लाहरुमा कोरोना संक्रमण देखिए तापनि संक्रमितहरु निको भएर सबै घर गइसकेको बताइएको छ।

सबैभन्दा ज्यादा संक्रमित रहेका जिल्ला अन्तर्गत रौतहट, कैलाली र बाजुरा रहेका छन ।ती जिल्लाहरुमा ५ सयभन्दा बढी संक्रमितहरु रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्