लिखुको क्षेत्रपाल क्रसरको क्षतिपूर्ति भराउन तरुण दल नुवाकोटको माग



नुवाकोट ३ साउन । लिखु गाउँपालिका ४ चौघडामा रहेको क्षेत्रपाल क्रसर उद्योगमा असार ३१ गते मध्यराति केही व्यक्ति प्रवेश गरी कार्यालयका सामानहरुमा क्षति पुर्‍याएको र अरु भौतिक संरचनामा तोडफोड गरेको भन्दै नेपाल तरुण दल नुवाकोटले भर्त्सना गरेको छ ।

सचिव सुवन गिरीले शुक्रबार विज्ञप्ति निकालेर तरुण दल नुवाकोट जिल्ला सदस्य शैलेश श्रेष्ठ सञ्चालक रहेको उक्त क्रसमा केही अराजक व्यक्तिहरु हतियारसहित प्रवेश गरी कर्मचारीसँग वादविवाद गरी तोडफोड गरेको जनाएका हुन् । विज्ञप्ति अनुसार धारिलो हितयारसहित पुगेका समूहले कार्यालयका सम्पूर्ण सामानहरु क्षति पुर्‍याएको र अरु भौतिक संरचना समेत तोडफोड गरेको दाबी गरिएको छ । उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषी पत्ता लगाइ यथाशीघ्र कारबाही गरी क्षतिपूर्ति तिराउन माग गरिएको छ ।

घटनामा संलग्न रहेका व्यक्तिहरुलाई कानुनी कारबाही नगरी ढिला सुस्ती र आनाकानी गरेमा सशक्त आन्दोलनमा जान बाध्य हुने तरुण दल नुवाकोटले चेतावनी दिएको छ ।

तरुण दल नुवाकोटद्वारा जारी बिज्ञप्ति:-

प्रतिक्रिया दिनुहोस्