सिन्धुपाल्चोकमा श्रीमानद्वारा श्रीमतीको हत्या



सिन्धुपाल्चोक संवाददाता

मेलम्ची,साउन ३ । सिन्धुपाल्चोकको मेलम्चीमा श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ। आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी मेलम्ची नगरपालिका-१३ छापभन्ज्याङमा ७७ वर्षका भैरव तामाङले वर्ष ८० की बुद्धीमायाँ तामाङको हत्या गरेका हुन् ।

प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार गएरातिको झण्डै १ बजेको समयमा भैरवले आफ्नो श्रीमतीमाथि खुकुरी प्रहार गरी दुई टुक्रा पारेर हत्या गरेका थिए।

ईलाका प्रहरी कार्यालय मेलम्चीको प्रहरी टोली घटनास्थलमा पुग्दा श्रीमतीको शरिर घरभित्र रहेको र टाउको घरबाहिर सयमिटरको दुरीमा छुट्टीएको अवस्था भेटिएको प्रहरीले जानकारी दिएको छ ।

श्रीमान भैरवलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्