नेकपाको सचिवालय बैठक विना निष्कर्ष सकियो



काठमाडौं,साउन ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ। यद्यपि आज साँझ अबेरसम्म बसेको बैठकले पार्टीको आन्तरिक संकटलाई समाधान दिन नसकेको र कुनै ठोस निर्णय लिन नसकेको जनाइएको छ।

पार्टीकाे आन्तरिक समस्या र संकटलाई सहमतिकाे आधारमा सम्बोधन र समाधान गर्ने बारेमा गृहकार्य भइरहेकाे बताइएको छ। पार्टी एकताकाे रक्षा र सुदृढीकरण गर्न नेपाली समाजकाे अावश्यकता र जनादेश अनुरूप अघि बढ्ने प्रस्ताव तयार गर्ने,छलफल जारी राखेर सहमति र निष्कर्षमा पुग्नका लागि  छलफल र निर्णय आवश्यक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले  जनाएका छन ।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल जारी रहेको र कुनै निर्णयमा नपुगेको जानकारी दिए ।

पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको उनले जानकारी दिए । उनले भने, ‘समस्या र संकटलाई निकास दिएर पार्टीको रक्षा गर्ने र जनादेशको सम्मान गर्ने गरी अगाडि बढेका छौं ।’

भोलि दिनको ३ बजे सचिवालय बैठक बस्ने गरी आजको बैठक स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्