नुवाकोटमा कोरोना संक्रमितको संख्या ३५ पुग्यो



नुवाकोट संवाददाता

नुवाकोट,साउन ३ । नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । शनिबार जिल्लाको तार्केश्वर गाउँपालिकाको एक जना पुरुषको पिसिआर परिक्षण गर्दा नतिजा पोजेटिभ देखिएसंगै नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको हो ।

हालसम्म त्रिशुली अस्पतालमा रहेको आइसोलेसनमा ८ जना, खरानीटारको आइशुलेसनमा ३जना र पाटन अस्पतालमा १ जना रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयको अनुसार अस्पतालवाट डिस्चार्ज हुनेको सङ्ख्या २३ रहेको छ । आइशुलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

जिल्लाको ६ सय ७५ जनाको पिसिआर परिक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने ६ सय २८ जनामा कोरोना सङ्क्रमण देखिएको छैन । पिसिआर परिक्षणको लागि सम्वन्धित निकायमा पठाएको मध्ये १२ जनाको नतिजा आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्