सिन्धुलीमा नेकपाको दैनिक प्रदर्शन



सिन्धुली,साउन ४ । सिन्धुलीमा नेकपाको दैनिकजसो प्रदर्शन भएको छ।कहिले ओली पक्षका प्रदर्शन त कहिले प्रचण्ड पक्षका। प्रधानमन्त्री केपी ओलीपक्षले पर्दशन भएको भोलीपल्टै शनिबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालपक्षको मोटरसाइकल र्‍याली भएको छ ।

नेकपा भित्रको गुट उपगुट अन्तर्गत मोटरसाइकल र्‍यालीमा शक्ति प्रदर्शन को होड चलेको स्थानीयहरु बताउँछन् । दाहाल–नेपाल पक्षले आयोजना गरेको मोटरसाइकल  र्‍याली सदरमुकाम सिन्धुलीमाढीको लोकतान्त्रिक चोकबाट शुरु भएर धुराबजार, मिलनचौक, ढुंग्रेवास, रातमाटा, शान्तिनगर चोक, बुद्धनगर चोकबाट दुइ नंं बजारको पुछारमा रहेको पार्टी कार्यलमा पुगेर टुंगीएको थियो ।

मोटरसाइकल र्‍यालीमा सहभागीले नारा नलगाई राष्ट्रिय झण्डा र कम्यूनिष्ट पार्टीको झण्डा बोकेका थिए ।  र्‍यालीमा सहभागीले पार्टी नीति अनुसार चल्नुपर्ने, पार्टी एकता र एकजुट हुनुपर्ने,देबत्वकरणको अन्त्य, बाढीपीडितलाइ राहत, सुशासन कायम हुनुपर्ने लगायत माग अङ्कित प्ले कार्ड बोकेका थिए ।

ओली पक्षकाले भने सदरमुकाम सिन्धुलीमाढीमा एक साता अगाडि नै प्रदर्शन गर्न खोजेका थिए । तत्काल दाहाल–नेपाल पक्षले यस कार्यक्रमको थाहा पाए लगत्तै खबरदारीका साथ प्रदर्शन रोकेका थिए ।

दाहाल–नेपाल पक्षले ओलीपक्षलाइ पार्टी एकताका पक्षमा संयूक्त र्‍याली नेता सहितको उपस्थितिमा गर्न सुझाब दिएका थिए।

शनिबारको र्‍यालीपछि आयोजित कार्यक्रममा सहभागीहरुले नेकपाका केन्द्रिय सदस्य कमलजंग राइलाइ पार्टी एकताका पक्षमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्