प्युठानमा कामदार बोकेको ट्याक्टर भीरबाट खस्यो,७ को मृत्यु



काठमाडौं,साउन-४ प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति साढे बाह्र बजे लु २ च ४२३४ नं को ट्रयाक्टर दुर्घटना भएको हो ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।

उनका अनुसार प्युठान भिग्री –स्वर्गद्धारी सड्कखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका वडा नं ५ बाईजाका अन्दाजी २१ वर्षिय सागर बस्नेत, २४ वर्षिय रिमबहादुर बस्नेत, १९ वर्षिय बिरेन्द्र बाठामगर, १९ वर्षिय थमन बाठामगर, २५ बर्षिय कबिराम बस्नेत, गोर्बधन बुढामगरको ट्याक्टर दुर्घटनामा मुत्यु भएको हो।

प्रहरी निरीक्षक पौडेलले ट्रयाक्टरमा आठ सवारमध्ये एक जना बाँचेको उल्लेख गर्दै सात जनाको मृत्यु भएको जानकारी दिए ।

ट्रयाक्टर सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्