शिलान्यास भयो नुवाकोटको नारायणदेवी माविको १३ कोठे भवन



पुजा गरेर भवन शिलान्यास गरिदै तस्वीर:केदार ढकाल

नुवाकोट,साउन ४ । नुवाकोटको लिखु गाउँपालिका वडा नं १ मा रहेको नारायणदेवी माध्यामिक विद्यालयको १३ कोठे भवनको शिलन्यास भएको छ ।

भवनको शिलन्यास लिखु गाउाँपालिकाका प्रमुख ध्रुव श्रेष्ठले गरेका हुन् । ४ करोड २० लाखमा निर्माण हुन लागेको भवन निर्माणको जिम्मा डाँँफे कन्स्ट्रक्सनले पाएको छ ।

भारतीय दुतावासकोे सहयोगमा निर्माण हुन लागेको भवन १ बर्ष भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्ने बताईएकोे छ ।

भवन शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले लिखुको शिक्षा क्षेत्रमा यस विद्यालयमा बन्न गइरहेको भवनले शिक्षक, विद्यार्थी तथा अभिभावकलाई थप सुगमता महसुस हुने बताए । विद्यालयको भौतिक संरचनाले पनि शिक्षाको गुणस्तरमा महत्त्वपूर्ण स्थान राख्ने उनले बताए।

भवन निर्माणका लागि तयारी गरिएको ग्राउन्ड तस्वीर:केदार ढकाल

प्रतिक्रिया दिनुहोस्