विदेशमा कोरोनाबाट १६० नेपालीले ज्यान गुमाए : एनआरएनए



काठमाडौं साउन ४ । विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका ७ दिनमा कतारमा ८, कुवेतमा ३ र संयुक्त अरब इमिरेट्समा ५ जनाको मृत्यु भएको छ ।

शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै सङ्घले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत सङ्क्रमणमुक्त भएका बताएको छ ।

प्रतिक्रिया दिनुहोस्