नेपालमा पत्रकारहरुका लागि आपत्‌कालीन कोष स्थापना, महासंघ यूके शाखाले २३ लाख सहयोग गर्ने



साझा पथ संवाददाता
लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले कोभिड १९ प्रभावित नेपालका पत्रकारहरुका लागि २३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

महासंघ यूके शाखको शनिबार बसेको भर्चुअल बैठकले पत्रकार महासंघ केन्द्रीय समितिमार्फत सहयोग गर्ने निर्णय गरेको हो । महासंघ केन्द्रीय समितिले कोरोनाबाट थुप्रै पत्रकारहरु प्रभावित भएको र उनीहरुलाई तत्काल आर्थिक सहयोगको आवश्यक देखिएकोले आपत‌्‌कालीन कोष स्थापना गर्ने जनाउ दिएपछि महासंघले यूके शाखाले सहयोगको निर्णय गरेको हो ।
कोषका लागि २० लाख र बाँकी ३ लाख रुपैयाँ कोभिड १९ बाट प्रभावित नेपालका पत्रकारहरुलाई तत्काल सहयोग गर्ने निर्णय गरेको शाखाका सचिव पूर्ण गुरुङले जानकारी दिए ।

महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले कोभिड १९ बाट देशभरिका करिब २ हजार पत्रकारहरु प्रभावित भएको जानकारी गराए । त्यस्ता पत्रकारहरुको सहयोगका लागि आपत्‌कालीन कोष निर्माण गरिएको उनले बताए । उनका अनुसार कोषमा महासंघको केन्द्रीय समितिबाट ३० लाख रुपैयाँ जम्मा भइसकेको छ ।

शाखा अध्यक्ष नरेश खपांगीमगरको अध्यक्षमा बसेको बैठक महासचिव सञ्‍जयभक्त कँडेलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्