ओखलढुंगामा ५५ प्रतिशत धान रोपाइँ सकियो



साझापथ संवाददाता

ओखलढुंगा, साउन ४ । जिल्लामा हालसम्म ५५ प्रतिशत् खेतमा धान रोपाइँ  सकिएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार धान रोपाइँ हुने ६ हजार २ सय ५० हेक्टर जग्गा क्षेत्रफलमध्ये ५५ प्रतिशत् क्षेत्रमा रोपाइँ सकिएको हो ।

समयमै वर्षात भएका कारण अघिल्लो वर्षभन्दा यसवर्ष समयमै रोपाइँ सम्पन्न हुने भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। अघिल्लो वर्षहरुमा खडेरीले गर्दा रोपाइँ प्रभावित हुने गरेपनि यस वर्ष भने मौसमले किसानलाई साथ दिएको स्थानीयहरु बताउँछन् ।

जिल्लामा साउन २२ गतेसम्म धान रोपाइँ हुने गरेको छ । यद्यपि यसवर्ष  समयमै रोपाइँ सकिने ज्ञान केन्द्रले जनाएको छ । 

जिल्लामा कोदो रोपाइँ भने ६० प्रतिशत सकिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्