यी हुन् कोरोनामुक्त भएका नेपालका आठ जिल्ला



काठमाडौं साउन ४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारसम्म आठ जिल्ला कोरोनामुक्त भएको जनाएको छ ।

आइतबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्लामा कोरोना संक्रमित शून्य भएको बताएका हुन् । उनका अनुसार कोभिड– १९ जितेर घर फर्कनेको सङ्ख्या ५८ जना रहेको छ । योसँगै ११ हजार ६९५ जना सङ्क्रमण जितेर घर फर्किएका छन् । यो ६६.२४ प्रतिशत रहेको छ ।

विभिन्न २७ प्रयोगशालामा तीन हजार ७४१ जनामा परीक्षण गर्दा १५६ जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्