‘२ रुपैयाँ’ सहयोग उठाएर कान्तिपुर पब्लिकेन्सविरुद्ध आन्दोलन



काठमाडौं ४ साउन । ‘२ रुपैयाँ’ सहयोग अभियान चलाएर नेपाल पत्रकार महासंघको नेतृत्वमा कान्तिपुर पब्लिकेन्सविरुद्ध आन्दोलन गरिएको छ ।

कोरोना भाइरसको बहाना बनाई पत्रकारहरुलाई बिनापारिश्रमिक सेवाबाट निकालेको, बेतलवी बिदा बस्न बाध्य पारेको भन्दै पत्रकारहरुले कान्तिपुर पव्लिकेशनलाई आइतबार पैसा बुझाएका हुन् । बानेश्वरको विभिन्न पसलहरुबाट २ रुपैँया उठाएर कान्तिपुर पव्लिकेशनको प्रशासकीय प्रमुख सुशील रावललाई हस्तानतरण गरेका पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले जानकारी दिए ।

आइतबार बिहान साढे १० बजे कान्तिपुर पब्लिकेसन्स पुगेर उनीहरुले श्रमजीवी पत्रकारको पक्षमा प्रदर्शन गरे । प्रेस संगठन नेपाल, काठमाडौंका संयोजक सागर पन्तले पत्रकारहरुलाई कान्तिपुर जस्तो बिग हाउसले पारिश्रमिक नदिएको र बेतलवी बिदा बस्न बाध्य पारेको भन्दै साङ्केतिक रुपमा बिरोध गरिएको बताए ।

२७ बर्षदेखि निरन्तर मुनाफा कमाएको कान्तिपुरले कोरोना संकटको मौका पारेर अमानवीय तरिकाले निकालिएका पत्रकार तथा श्रमजीवीहरुको पुर्नबहाली गर्नुपर्ने विभिन्न संगठनहरुको माग छ ।

कान्तिपुरले पव्लिकेशनले प्रकाशन गर्दै आइरहेका साप्ताहिक, नेपाल र नारी साप्ताहिक बन्द गरेसँगै ती पत्रिकामा कार्यरत ५० भन्दा बढी पत्रकारहरु बेरोजगार बनेका छन् । कान्तिपुर दैनिकका जिल्ला र केन्द्रमा रहेकाहरु करिब ६ दर्जन पत्रकारहरुलाई बेतलबी बिदा बस्न भनिएको थियो । तर पत्रकार महासंघको दबाब पछि बेतलबी बसेकाहरुले न्यूनतम पारिश्रमिक दिइएको छ ।

तस्बिरहरु : जन्मदेव जैशी, केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ

प्रतिक्रिया दिनुहोस्