नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलो पहिरोले अवरुद्ध



काठमाडौं ५ साउन । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा सोमबार बिहानैदेखि अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ । दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ ।

इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्